क्यानले तोक्यो क्रिकेटरको तलब, कसको कति ?

Can
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ। क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो। क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको उल्लेख गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्। क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो। ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन्। यस्तै, क्रमशः बी ग्रेडका खेलाडीलाई ७०, सी का लाई ५५ र डी ग्रेडका खेलाडीलाई ३५ हजार तलब निर्धारण गरिएको क्यानले जनाएको छ। यस्तै इमर्जिङ क्याटोगरिका खेलाडीलाई २५ हजार मासिक तलब निर्धारण गरिएको छ।

महिलातर्फ ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ३५, सी ग्रेडका लाई ३० तथा डी ग्रेडका महिला खेलाडीले २५ हजार तलब निर्धारण गरिएको छ। महिलातर्फका इमर्जिङ क्याटोगरिका खेलाडीलाई मासिक २० हजार तलब निर्धारण गरिएको छ।

ग्रेड ’ए’– रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ’बी’ – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ’सी’ – विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ’डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेककुमार यादव, आकास चन्द, बसिर अहमद र सूर्य तामाङ
इमर्जिङ क्याटोगरी – दिपेश कँडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम)।

साथै ग्रेड ’ए’ लाई १ लाख, ग्रेड ’बी’ लाई ७० हजार, ग्रेड ’सी’लाई ५५ हजार, ग्रेड ’डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने समेत क्यानले निर्णय गरेको छ।

महिलातर्फ १९ जना खेलाडीको सूची
ग्रेड ’ए’– इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ’बी’– कविता कुँवर
ग्रेड ’सी’ – पूजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ’डी’ – अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
इमर्जिङ क्याटोगरी – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविन ।
महिलातर्फ ग्रेड ’ए’लाई ५० हजार, ग्रेड ’बी’लाई ३५ हजार, ग्रेड ’सी’लाई ३० हजार, ग्रेड ’डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ।

2 game

 

 

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्