माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

maobadi-baithak-1
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले आज नेताहरुको कार्यविभाजनबारे टुंगो लगाउने छ।

मंगलबारको बैठकमा संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो। हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले कांग्रेससँगको सहकार्य र गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी, राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने धारणासमेत आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा आफ्नो धारणा राख्नेछन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्