गठबन्धन कुनैपनि बेला फुट्न सक्छ : केपी ओली

KP_Oli
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे। आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए। उनले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गरे।

अध्यक्ष ओलीले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए। उनले कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको बताए। अध्यक्ष ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले नेकपा एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्