राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Rastiye sava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

Rastriyasabha-11-17

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्