सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सांसद गैरेको माग

Thakur_Gaire
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन्। शुक्रबार बसेको संसद् बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्।

उनले भने, ‘भारतले आँपलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ। त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको उनले बताए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्