सांसद पौडेलको प्रश्न : संविधान मान्छु भनेर शपथ खाइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?

Debendra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संसद्‌मा व्यवस्था विरोधी अभिव्यक्ति आइरहेकोप्रति आपत्ति जनाएका छ। आजको प्रतिनिधिसभा बैठकमा उनले शपथ खाइसकेका सांसदहरूले संविधान विरोधी अभिव्यक्ति दिइरहेकोले उक्त विषयमा ध्यानाकर्षण गराउन माग गरे।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउन हजारौंको बलिदान गरेको उल्लेख गर्दै उनले त्यही व्यवस्था अन्तरगत रहेर सोही व्यवस्था विरोधी अभिव्यक्ति दिन नमिल्ने बताए। वर्तमान व्यवस्थालाई स्वीकार गरेर शपथ लिइसकेपछि सोही प्रणालीको विरोध गर्न पाइन्छ र भन्दै उनले संसदमा प्रश्न समेत उठाए।

‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौंको बलिदान, रगत, आशु र पसिना बगेर आएको हो। हामीले यो व्यवस्थालाई मान्छौं, ग्रहण गर्छु भनेर संसदमा शपथ खाएका हुन्छौं। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं,’ उनले भने, ‘तर, यहाँ कहिलेकाहीँ मात्र होइन, दिनदिनै यहाँ व्यवस्थाको विरोध गरेका सुन्छौं। शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेपछि यो प्रणालीको विरोध गर्न पाइन्छ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्