शालीन पोखरेल मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्यु भएको घटनाको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’

उनले पोखरेलको मृत्युले आफूलाई दुःखी तुल्याएको बताएका छन्। शुक्रवार शालीन चितवनको रत्ननगर १० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन्।