राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

Bhagawati_Neupane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ। एमालेका संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन्।

एमालेको संसदीय दलको विधान-२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताए। राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो। एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्