एमालेको सचिवालयल बैठक बालकोटमा जारी

uml-sachiwalaya pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेको सचिवालयलको बैठक जारी छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसेको हो।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो। बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी गराएका छन्।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार राती नेकपा माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी भएको थियो।