नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी

new gathabandan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी छ। बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन्। उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन्। प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन्।