जनमत पार्टीले बोलायो सचिवालय बैठक

Janamat_Party_CK
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टीका सचिव बीपी साहका अनुसार राजनीतिक समीकरणमा फेरबदल आएपछि काठमाडौंमा उपलब्ध सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय बोलाइएको छ।

नयाँ सत्ता गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा औपचारिक निर्णय गर्न बैठक बोलाइएको सचिव साहले बताए। वर्तमान सरकारमा जनमतबाट अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन्।

सोमबार बिहान जनमतका अध्यक्ष सीके राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए। काँग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार नै एमाले, रास्वपा लगायतका दलसहित नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्