सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

Nepali Congress President Sher Bahadur Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सभापति देउवाले मंगलबार दिउँसो आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्।

पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए। कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने काँग्रेसको व्यवस्था छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट नयाँ गठबन्धन बनाएपछि काँग्रेस सहितको गठबन्धन टुटेको छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धनमा सहभागी हुने भएका छन्। सोही राजनीतिक घटनाक्रम लगायतबारे कार्यसम्पादन समितिमा छलफल हुनेछ। देउवा आज बिहान पदाधिकारी बैठक बोलाएका थिए।