नयाँ गठबन्धन : को-को बन्दैछन् मन्त्री ?

new gathabandan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्। जसअनुसार आज नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने छन्।

एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको बुझिएको छ। यद्यपि नयाँ गठबन्धनमा सिट बाँडफाँट र मन्त्रालयको अन्तिम टुंगो लागिसकेको छैन।

नयाँ गठबन्धनको बैठक फेरि बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज दिउँसो पुनः बैठक बस्ने नेकपा (माओवादी केन्द्र)का एक नेताले जानकारी दिए। नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विना विभागीय मन्त्रीको शपथको तयारी भइरहेको ती नेताले बताए।

मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी अगाडि बढाएको बुझिएको छ। काँग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराएका थिए। मन्त्रीहरूको शपथ अपराह्न ४ बजेपछि हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्