बालुवाटारमा नयाँ गठबन्धनको दोस्रो बैठक

new gathabandan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ। नेपाली काँग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा काँग्रेसबाहेकका राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबार दिउँसो ३:३० बजेदेखि सुरु भएको बैठक जारी रहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूको सहभागिता रहेको छ।

सोमबार राजनीतिक घटनाक्रम एकाएक विकसित भएपछि नयाँ समीकरण तथा समसामयिक विषयमा छलफल भइरहेको जानकारी सल्लाहकार आचार्यले दिए।