मन्त्रालयबाट बिदा हुन आफ्ना मन्त्रीहरूलाई नेकपा एसको निर्देशन

ekikrit_samajbadi_sachiwalaya
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो।

पार्टीको सचिवालय बैठकले मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले जानकारी दिए। सरकारमा सहभागी हुनका साथै समाजवादी मोर्चाको एक घटकको रुपमासमेत अहिलेको सत्ता गठबन्धन परिवर्तनको कुरा आफूहरूलाई जानकारी नभएकाले हाललाई अरू कुनै निर्णय नभएको दाबी उनले बताए।

सरकारमा नेकपा एसबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन्। पार्टी उपाध्यक्ष समेत रहेका डा बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन्। त्यस्तै नन्दा चपाई भौतिक योजना राज्यमन्त्री छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्