मन्त्रालयको भागबन्डा गर्न गठबन्धनले बोलायो बैठक

new gathabandan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नयाँ सत्ता-गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि छलफल सुरु भएको छ। मन्त्रालयको टुंगो लगाउन मंगलबार दिउँसो २ गठबन्धनको बैठक बस्न लागेको छ।

गठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्