कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

pic
लोकपाटी न्यूज
0 Shares

सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन्। मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरुले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन्।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्