आर्यघाटमा गरियो शालिनको अन्त्येष्टि

salin-pokharel pic-00
लोकपाटी न्यूज
0 Shares

चितवन। चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमाअघिल्लो शनिबार मृत भेटिएकी १४ वर्षीया बालिका शालीन पोखरेलको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो। मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए।

उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। १४ वर्षीया शालिन ८ कक्षामा पढ्थिन्। घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्