सामूहिक राजीनामा दिँदै बागमतीका कांग्रेसका मन्त्री

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। बागमती सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।

आज कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन रामकृष्ण चित्रकारले जानकारी दिए।

बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्