रास्वपाबाट को-को बन्दै छन मन्त्री ?

Rabi_Lamichhane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।