पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, के भयो निर्णय ?

Cabinet_Mantriparisad_NEW
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पुनर्गठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमालेसहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो।

बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन्, ‘नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोक्ने। संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय भएको छ।’

उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताइन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन्। नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन्। जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ।