सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ। नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्ल्यू)को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको नवनियुक्त प्रवक्ता शर्माले जानकारी दिइन्।