संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

prachand_Pm
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

नयाँ गठबन्धन बनेपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्रीका साथै दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभाको बैठक आज बिहीबार ११ बजेका लागि तय भएको पनि अहिलेसम्म सुरु भएको छैन। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।

यस्तै, दिउँसो सवा १ बाट राष्ट्रिय सभाको बैठक सुरु हुनेछ। राष्ट्रियसभाको बैठक मा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।