परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन्। परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न भारतीय राजदूत श्रीवास्तव बिहीबार सिंहदरबार पुगेका हुन्।

भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार मात्रै श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए।

परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच नेपाल-भारत द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ।