नगर स्तरीय कविता प्रतियोगितामा श्रेष्ठ प्रथम

pic-3
लोकपाटी न्यूज
0 Shares

सिन्धुपाल्चोक। ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालले नगर स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।

चौतारा साँगाचाोकगढी नगरपालिका-१२ मा रहेको जुगल बहुमुखी क्याम्पसमा विहीबार सम्पन्न भएको प्रतियोगितामा विनोद श्रेष्ठ प्रथम भएका छन्।१८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै चौताराका कवि श्रेष्ठको ‘अब ओठहरुमा मुस्कान भर्नुपर्छ’ कविताले प्रथम स्थान हासिल गरेको हो।

त्यस्तै निर्मला तिमल्सिनाको ‘नारीको आवाज’ले दोस्रो स्थान हासिल गरेको छ भने ‘विम्बहरुको वर्षाद गर्दै कवि ऋषि खत्रीको ‘क्रान्ति र परिर्वतनको संवाहक’ कविताले तृतीय स्थान र काजल बोगटीको कविताले सान्त्वना स्थान प्राप्त गरेको छ।

विजयी कविहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले क्रमशः ७ हजार पाँचसय, ५ हजार २ सय पचास, ३ हजार ७ सय पचास, २ हजार २ सय पचास नगद र प्रमाणपत्र मात्र प्रदान गरे।

सञ्जालकी सचिव तारादेवी रानाद्वारा सञ्चालित एवं सञ्जालकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुली लगायतकाले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्