वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनुपर्छ : सचिव शर्मा

Maoist_leader
लोकपाटी न्यूज
0 Shares

म्याग्दी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन्।

म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरुबीच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए। राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उनले बताए।