महिला सशक्तीकरणमा एमाले अग्रणी छ :अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन्।

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रूपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनै रहने बताएका हुन्।

अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्