उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टी कमिटीमा निवेदन

Suhang-Nembang pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन्। पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन्।

आगाी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो। उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन्।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ। एमाले नेता नेता सुवास नेम्वाङको निधन भएकोले यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्