अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक बिरामीको मृत्यु

bakulahar-hospital_ratnanagar
लोकपाटी न्यूज
0 Shares

चितवन। बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएका एक बिरामीको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको छ। अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो।

अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो। मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका डा. ज्ञवालीले बताए। अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पुर्‍याउँदा मृत्यु भइसकेको डा. ज्ञवालीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्