थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर प्रहरी जवानको ज्यान गयो

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

दार्चुला। दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा ज्यान गएको छ। जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेका थिए।

फरार कुँवरलाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए।

प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका-१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा भागेका थिए। हतकडीसहित भागेका उनलाई समात्न खोज्दा प्रहरी जवान चौधरी भीरबाट लडेका थिए। उनी प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर पुगेका थि। उनलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्