राष्ट्रियसभाको बैठक बस्दै आज

rastriya sava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रियसभाको बैठक आज मंगलबार बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो।

अध्यक्षका लागि दुई जनाको उमेदवारी दर्ता भइसकेको छ। सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्