राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

Narayan-Dahal pc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्त्व बढाउन आफूले पहल गर्ने बताएका छन्।

सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए।

‘राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आबद्ध सदस्यलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु। त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ,’ अध्यक्ष दाहालले भने, ‘म त्यहीअनुसार अगाडि बढ्छु।’

संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ थियो।

राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्