नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

mawobadi-esthai-commiti1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नयाँ विधान परिमार्जन, नेताहरूको कार्यविभाजन, समसामयीक राजनीति विषयमा छलफल हुने छ।

फागुन १६ गते बसेको बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी तोकेको छ। आज बसेको बैठकले बाँकी पदाधिकारी, स्थायी समिति सदस्यहरूको जिम्मेवारी तोक्ने तयारी गरेको छ।