सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

राँझा (बाँके)। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्। कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप उद्योगको १४औँ वार्षिकोत्सव समारोहमा उनले अग्रगमन पक्षधरको सहकार्यमा बनेको वर्तमान सरकारले उद्योग क्षेत्रमा देखिएको निराशालाई आशामा बदल्ने गरी काम गर्ने उल्लेख गरे।

‘अग्रगमन पक्षधरको सहकार्य भएको छ, अहिलेको आर्थिक अवस्थामा देखिएको चुनौतीलाई अवसरमा परिवर्तन गर्नेछ,’ मन्त्री भण्डारीले भने, ‘हामी अग्नि परीक्षामा छौँ, जनतामा देखिएको निराशा आशा देखाउन नसके सत्ता छोड्नुपर्छ।’

मुलुकमा देखिएको विद्यमान निराशालाई आशामा बदल्न सेवा प्रवाहलाई प्राथमिकता दिइने उनले बताए। ‘अर्थतन्त्र सफल बनाउन उद्योग-व्यवसायलाई लगानीमैत्री वातावरण बनाइने छ। व्यवस्थित योजना साथ लगानी सम्मेलन गर्नेछौं,’ मन्त्री भण्डारीले भने, ‘उद्योग क्षेत्रलाई आशालाग्दो र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ।’

मन्त्री भण्डारीले खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै बजार मूल्यवृद्धि र बैंक ब्याजदर न्यूनीकरण गर्न सरकार लागिपरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्