जवाफदेहिता निगरानी समितिको नयाँ नेतृत्व चयन, संयोजकमा चापागाईं

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जवाफदेहिता निगरानी समितिको नयाँ नेतृत्व चयन भएको छ। समितिको आज बसेको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।

द्वन्द्वोत्तर अवस्थामा सङ्क्रमणकालीन न्याय, कानुनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको समितिको संयोजकमा अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन्। उनी संवैधानिक तथा मानवअधिकार कानुनको क्षेत्रमा क्रियाशील छन्। चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी-नेपालका संस्थापक अध्यक्ष हुन ।

त्यसगरी बैठकले सहसंयोजनको जिम्मेवारी क्रमशः मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमनी महर्जनलाई दिएको छ। कुईंकेल एम्नेस्टि इन्टरनेसनल नेपालको पूर्व अध्यक्ष हुन भने महर्जन त्रिभुवन विश्वविद्यालयमा कानुन संकायमा उपप्राध्यापक छिन।

निगरानी समितिको बैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो। बैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहिविहिनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्