माओवादी केन्द्र र नेसपाबिच पार्टी एकता गर्ने सहमति

prachanda-mahendra_yekata
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बिहान बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ सहभागी थिए। त्यस्तै नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

बैठले पार्टी एकता गर्ने र एकीकृत पार्टीको नामको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ। त्यस्तै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेका छन्।

p1