आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो।

महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा १५२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्