एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए।

उनका अनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए। शहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका-१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्