सम्पर्कविहीन शालिकराम घिमिरेलाई खोजिदिन परिवारको आग्रह

Saligram-ghimire
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। नुवाकोट विदुर नगरपालिका ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्कविहीन भएका छन्। उनी सम्पर्क विहीन भएपछि परिवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

घिमिरे सोमबार बिहान ६ बजे काठमाडौ तारर्केश्वर नगरपालिका सानो पुल स्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए। ५ दशमलव ६ फिट उचाइका वर्ण रातो , खैरो ज्याकेट कपडाको कालो पाइन्ट ढाँका टोपी लगाएका घिमिरे मोबाइलबाट समेत सम्पर्क विहीन छन्।

बेपत्ता भएको भोलिपल्ट तनहुँको देवघाटमा सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजी कार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह आग्रह गरेका छन्।

त्यस्तै, प्रहरीले पनि शालिकराम घिमिरेलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरूलाई बुझाइदिन वा ९८५१०४५४१४ वा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्