राष्ट्रिय सभाको बैठक स्थगित

Narayan-Dahal pc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए। साथै, राष्ट्रिय सभाले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन गरेको छ। मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्