नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल प्रहरीका १ सय ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ। बुधबार एक सूचना प्रकाशित गरी प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सरुवाबारे जानकारी दिएको हो।

प्रहरी महानिरीक्षकको मिति २०८०/१२/०७ गतेको निर्णयानुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निम्न प्रहरी नायव उपरीक्षकहरूलाई देहायबमोजिम सरुवारकाज गरिएको हुँदा, सूचनामा उल्लेख छ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको अन्तर्राष्ट्रिय उडानतर्फ अनिल ठकुरीलाई ल्याइएको छ। उनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भैरहवामा कार्यरत थिए।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी रेवतीरमण पोखरेललाई इलाका प्रहरी कार्यालय बर्दिबास सरूवा गरिएको छ। त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दुर्गा प्रसाद दाहाललाई सरूवा गरी प्रहरी प्रधान कार्यालय विमानस्थल समन्वय शाखा तानिएको छ।

उनको स्थानमा प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा कार्यरत डिएसपी सुवास हमाल पठाइएको छ। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत डिएसपी श्याम कुमार सारूमगरलाई पठाइएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्