पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छ : राजेन्द्र महतो

Rajendra_Mahata
लोकपाटी न्यूज
0 Shares

अत्तरिया। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन्।

धनगढीमा आज आयोजित पत्रकार भेटमा महतोले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्‍याएका हुन्।

‘थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै संघर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौं। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,’ उनले भने, ‘यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।’