मन्त्रिपरिषद् बैठक : योजना आयोगका सदस्यमा नियुक्ती

mantri parisad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर) लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ। सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए।

बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्