आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिन्छौं : मन्त्री पुन

Barsaman_pun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा सांसदहरूको भावनालाई समेटेर निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पुनले यस्तो बताएका हुन्।

उनले आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताए। त्यस्तै उनले राष्ट्रिय गौरवका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने दावी गरे। सेवा प्रवाहका काम स्थानीय तह र विकासे कामहरू प्रदेशले गर्ने गरि केन्द्रले आवश्यक समन्वय गर्ने उनले बताए।

मन्त्री पुनले आन्तरिक राजस्व, भन्सार क्षेत्रमा देखिएका नकारात्मक कुराहरूलाई सुधार गर्दै यस क्षेत्रलाई प्रभावकारी बनाउने समेत जानकारी दिए। उनले चुहावट रोक्ने गरि कार्ययोजना सरकारले तयार गरेको भन्दै भन्सार लगायतका क्षेत्रमा अर्को महिनादेखि सुधारका संकेत देखिने धारणा राखे। मन्त्री पुनले कृषिको आधुनिकीकरण, ऊर्जाक्षेत्रको विकास र निर्यात, पुँजी वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए।