मेयर दाहालद्वारा भरतपुरमा बृहत् साइकल र्‍यालीको उद्घाटन

cycle
लोकपाटी न्यूज
0 Shares

चितवन। साइकल सिटीका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान सुरु भएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साइकल र्‍याली सुरु गर्दे अभियानको सुरु गरिएको हो। हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा आज चितवनको भरतपुरमा बृहत् साइकल र्‍यालीको आयोजना गरेको छ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको र्‍यालीकाे भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा प्रमुख दाहालले साइकल सिटीका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन्। उनले खेलमार्फत नयाँ पुस्तालाई साइकलको महत्त्व बुझाउनु आजको आवश्यकता भएको बताइन्।

साइक्लिङलाई पर्यटनसँग जोड्दै साइकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य महानगरका लागि उपयोगी साबित भएको बताइन्। भरतपुर भ्रमण वर्ष २०२४ पर्यटन प्रवर्द्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि उनले आव्हान समेत गरिन्।

साइकल चलाऔंं, वातावरण जोगाऔँ, स्वस्थ रहौँ भन्ने नारासहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट सुरु भई ऑपटारी चोक बिशालचोक,केन्द्रीय बस टर्मिनल,हाकिमचोक,चौवीसकोठी,शहीद चोक,पुलचोक हुँदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो।

साइकल र्‍यालीमा २ सय भन्दा बढी साइकल राईडरहरु सहभागी भएका थिए। भोलि चैत १० गते भरतपुरको गणेश स्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रस कन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए। नेपाल साइक्लिङ संघ र चितवन साइकल राईडर्स क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्