मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

कोसी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ् सहित हल्का वर्षा भइरहेको छ।विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ।

विभागका अनुसार राति देशभर आंशिक बदली रहनेछ। कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्