सवारी दुर्घटनामा परेका कमेडियन बस्यालको अवस्था गम्भीर

accident_
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर रहेको छ। मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेका बस्यालको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन्।

स्रोतका अनुसार बस्यालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनलाई टाउकोमा गहिरो चोट लागेको छ। बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी हुन्। अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन्।

दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन्। घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ। उनी आसामका कलाकार हुन्। भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए भने कमेडी क्लव विथ च्याम्पियनका नियमित सदस्य थिए।

प्रकृती गिरीको हात भाँच्चिएको छ। यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन्।

दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमा छन्। मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। दुवै जनालाई सामान्य चोट लागेको छ। सुशान्तका परिवारले भण्डारी र अधिकारीमाथि कारवाहीको माग गरेका छन्।आइतबार बिहान ३ बजे उनीहरुको गाडीले नगरकोटबाट फर्किदै गर्दा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो। कारमा ६ जना सवार थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्