भट्टराई कुल वंश प्रतिष्ठान नेपालको ‘दशौँ महाधिवेशन’ देवघाट धाममा

bhattrai-kul
लोकपाटी न्यूज
0 Shares

भरतपुर। भट्टराई कुल वंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाट धाममा हुने भएको छ। नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन्।

केन्द्रीय समितिका अध्यक्ष शेरबहादुर भट्टराईको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति निर्माण भएको छ। जसमा बागमती प्रदेश अध्यक्षसहित ७ प्रदेशका अध्यक्षहरू सहसंयोजक रहनेछन्। बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू आयोजक समितिका सदस्य रहने गरी कार्य क्षेत्र विभाजन गरिएको केन्द्रीय उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक टिकाराम भट्टराईले जानकारी दिए।जसमा सूचना प्रचार प्रसार उपसमितिमा अजित भट्टराईको नेतृत्वमा ४ सदस्य रहेका छन्।

नामावली सङ्कलन एवं रजिस्ट्रेसन उपसमितिमा सुरज भट्टराई, आर्थिक उपसमितिमा खेमराज भट्टराई संयोजनको नेतृत्व लिएका छन्।राजेश कुमार भट्टराई मञ्च व्यवस्थापन, कलावति भट्टराई स्वागत तथा अतिथि सत्कार, भोजन एवं नास्ता व्यवस्थापन उमापति दीपक भट्टराई संयोजक चयन भएका हुन। चन्द्रकान्त भट्टराई आवास व्यवस्थापन, गोविन्द प्रसाद जनसम्पर्क तथा यातायात, शिवदत्त स्वास्थ्य हेरचाह, ऋषभदेव जोखिम व्यवस्थापन र गोपाल भट्टराई व्यवसाय प्रवर्द्धन उपसमितिको संयोजक छन्।

महाधिवेशन स्थल हरिकीर्तन बैद्विक धर्मशाला देवघाटमा तय गरिएको छ। १६ गते उद्घाटन हुने महाधिवेशनमा १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ। चितवनमा भट्टराई कुल वंश प्रतिष्ठान नेपालको पहिलो महाधिवेशन हुन लागेको हो। यसअघि पोखरामा सम्पन्न भएको थियो। ७ सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २५ लाख खर्च लाग्ने अनुमान छ। प्रतिष्ठानको केन्द्रीय कार्यालय कोसी प्रदेशको झापामा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्