नेपाललाई आयरल्यान्ड ‘ए’ ले दियो १ सय २२ रनको लक्ष्य

Nepal-Cricket-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १ सय २१ रनमा अल आउट भयो।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे। टम मेयस र लियाम मकार्थीले १६-१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुईरदुई विकेट लिए। करण केसी र कुशल मल्लले एकरएक विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्