नेपाली कांग्रेसको प्रमुख सचेतकमा रोकाय

krishanbahadur-rokaya pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ। रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्